
काठमाडौं । पोखरा महानगरपालिकाले आज (बुधबार) आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकाे छ ।
पोखराको पर्यटन क्षेत्रको विकासलाई नै केन्द्रमा राखेर नीति कार्यक्रम आउने तथा कृषि, स्वाथ्य र पूर्वाधारलाई पनि प्राथमिकतामा राखिने महानगरपालिकाले जनाएकाे छ । साेही महानगरभित्रको ट्राफिक व्यवस्थापन, ल्याण्डफिल्ड, पोखरा सिटी तथा क्षेत्रीय बसपार्क, पार्किङ लगायतका समस्या समाधान गर्ने गरी नीति तथा कार्यक्रम आउने भएकाे छ ।
यसअघि पूरा हुन नसकेका कामहरुलाई पनि निरन्तरता दिने गरी तयार पारिएको नीति कार्यक्रम मंगलबार राति पोखरा महानगरपालिकाको बाेर्ड बैठकबाट अनुमोदन गराइएको छ । लेकसाइटको रिसोर्टमा कार्यपालिका बैठक राखेर नीति कार्यक्रम अनुमोदन गर्दा राति १ बजेको थियो । महानगरपालिकाको सभाहल हुँदा-हुँदै रिसोर्टमा रात गुजार्ने गरी बैठक राखेको भन्दै मेयर धनराज आचार्यको आलोचना समेत भएको छ ।
पोखरा महानगरपालिकाको बजेट पनि यहि असार १० गते ल्याउने तयारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्