
काठमाडौं । संखुवासभाको धर्मदेवी नगरपालिका-५ मा रहेको मायाखोला हाईड्रो पावरमा काम गर्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।
मंगलबार बिहान हाईड्रोपावर भित्र रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेर उक्त हाईड्रोका ईन्जिनियर पोखरा महानगरपालिका-१२ का ३९ वर्षीय रोमन कुमार चन्दको मृत्यु भएको हाे ।
घाइते भएका उनलाई उपचारको लागी हेलिकोप्टरद्वारा काठमाडौं पठाइएकोमा उपचारको क्रममा उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
यस घटनाकाे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्