२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ललितपुर महानगरद्वारा स्नेहाज केयर संस्थालाई एम्बुलेन्स हस्तान्तरण


156
Shares

काठमाडौ । जनावरहरूकाे हेरचाह र संरक्षणमा लागिरहेकाे स्नेहाज केयर संस्थालाई ललितपुर महानगरपालिकाले भेट एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

महानगर क्षेत्रमा जनावरहरूको व्यवस्थापनका लागि भेट एम्बुलेन्स प्रदान गरेको ललितपुर महानगरपालिकाले जनाएको छ ।

महानगरलाई स्मार्ट सिटी बनाउन जनावरहरूको व्यवस्थापन आवश्यक रहेको भन्दै मेयर चिरीबाबु महर्जनले स्नेहाज केयरसँग सहकार्य गरेको बताउनुभयो ।

नगर क्षेत्रमा घाइते र बेवारिसे अवस्थामा रहेका चौपायाको उचित व्यवस्थापन र उपचारका लागि भेट एम्बुलेन्स प्रयोग हुने उहाँकाे विश्वास छ ।

स्नेहाज केयरले ललितपुर महानगर क्षेत्रमा बिरामी र घाइते भएका जनावरको उद्धार गरी सेल्टरमा राखेर उपचार गर्दै आएको छ ।