
काठमाडौं । धितोपत्र बोर्डले निरन्तर शेयर बजार घट्नुको प्रमुख कारण नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिको भएको आरोप लगाएको भोलिपल्ट बजारमा ३१ अंकको गिरावट आएको छ ।
बोर्डका अध्यक्ष रमेश हमालले राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालय सम्मिलित अध्ययन समिति गठन भएको र उक्त समितिले दिएको सुझावअनुसार काम अगाडि बढाइने बताइरहँदा लगानीकर्ताले अझै विश्वास गर्न सकेका छैनन् ।
हिजो (मंगलबार) ३७ अंकले उकालो लागको बजारमा आज (बुधबार) कारोबार रकम पनि एक अर्ब तलै खुम्चियो । सबै उपसूचक ओरालो लाग्दा सबैभन्दा बढी निर्जीवन बीमा समूहमा १ सय ५५ अंकले घटेको छ । यसैगरी जीवन बीमा १ सय ३२ अंकले ऋणात्मक रह्यो ।
अरु, सबै समूहमा दोहोरो अंकको गिरावट आउँदा १ सय ७३ कम्पनीको शेयर मूल्य घटेकोे छ । १९ कम्पनीको मूल्य बढ्दा दुई कम्पनीको मूल्य स्थीर रहेको नेप्सेले जनाएको छ ।
बुधबार २ सय २९ कम्पनीको ३० लाख बढी कित्ता शेयर ८४ करोड बराबरमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्