१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भेरी–बबई डाइभर्सन आयोजनाको भौतिक प्रगति ५६ प्रतिशत मात्र


117
Shares

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको भौतिक प्रगति ५६ प्रतिशत मात्र सकिएको छ ।

आर्थिक वर्ष २०७१/७२ बाट निर्माण आरम्भ भएको यो आयोजना सम्पन्न हुन अझै तीन वर्ष लाग्ने देखिएको छ । आर्थिक बर्ष २०७९/८० सम्म सम्पन्न गर्ने लक्ष्य लिएर सुरु गरिएको आयोजना कोरोना महामारीको कारण देखाएर ढिलाइ भएको जनाइएको छ ।

हाल बाँध, विद्युतगृह, हाइड्रो मेकानिकल निर्माण लगाएतका काम भइरहेको छ । पहिलो चरणको काम भने तोकिएको समयभन्दा एक बर्ष पहिले नै पूरा भइसकेको थियो । दोस्रो चरण अन्तर्गतको काम जारी छ ।

आयोजनाको कुल लागत ३६ अर्ब ८० करोड ७७ लाख रहेको छ । चिनियाँ कम्पनी चाइना इन्जिनियरिङ ओभरसिजले टनेल बोरिङ मेसिनबाट सुरुङ बनाइ रहेको छ ।

भेरी नदीबाट प्रतिसेकेण्ड ४० घनमिटर पानी बबई नदीमा पथान्तरण गरी ४६ दशमलब ८ मेघावाट बिजुली निकाल्नुका साथै बर्दिया र बाँके जिल्लाको करिब ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले आयोजनाको निमार्ण थालिएको हो ।

भेरी नदीको पानी बबईमा खसाल्न ६ गेजको ब्यारेज निर्माण भइरहेको छ । उक्त व्यारेज १ सय १४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ । यहाँबाट १२ किलोमिटर लामो सुरुङमार्फत पानि खसाल्ने योजना छ ।