२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


युरिया मल कारखाना स्थापनाको अध्ययनका लागि सम्झौता

६० देखि ८० अर्ब लागत लाग्ने

234
Shares

हेटौंडा । बागमती प्रदेश सरकारले युरिया मल कारखाना स्थापनाको लागि आवश्यक अध्ययनका लागि काठमाडौं विश्व विद्यालयसँग सम्झौता गरेको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री बसुन्धरा हुमागाई र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले युरिया मल उत्पादन सम्बन्धी सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदनको लागि सम्झौता गर्नुभएको हो ।

विश्वविद्यालयको मानवस्रोत, प्रविधि र ज्ञानलाई सदुपयोग गरि योजनालाई कार्यान्वयन गर्न लागिएको मन्त्री हुमागाईले बताउनुभयो ।

त्यस्तै, ग्रीन हाइट्रोजन उपयोग गर्दै रासायनिक युरिया मल उत्पादन गरिने उपकुलपति थापाले बताउनुभयो । कारखाना सञ्चालन गर्न सके प्रतिवर्ष २ लाख मेट्रिक टन मल उत्पादन हुने जनाइएको छ ।

कारखाना निर्माणका लागि ६० देखि ८० अर्ब लाग्ने अनुमान गरिएको छ ।