१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भीमफेदी कारागारका एक कैदीकाे मृत्यु


91
Shares

हेटौंडा । मकवानपुरको भीमफेदीमा रहेको भीमफेदी कारागारमा एक जना कैदीको ज्यान गएको छ ।

२०७६ साल जेठ २ गतेदेखि लागूऔषध मुद्दामा करागारमा रहेका हेटौंडा–२ का ३४ वर्षीय मिलन परियारको मृत्यु भएको छ ।

७ वर्षको सजाय तोकिएका उनलाई मंगलबार एक्कासी छाती पोल्ने समस्या देखा परेपछि प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा उपचारको लागि लगिएको थियो ।

भीमफेदीमा उपचार सम्भव नभएपछि हेटौंडा ल्याउने क्रममा बुधबार उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ ।