२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


संघीय संसदका दुवै सदनको बैठक आज बस्दै


130
Shares

काठमाडौं । संघिय संसदको दुवै सदनका बैठक आज बिहीबार बस्दैछ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे छुट्टाछुट्टै सुरु हुनेछ ।

बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेछन् । यस्तै, प्रधानमन्त्री देउवाले नै राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुष्ठान प्रतिष्ठान विधेयक, २०७६ र लोकसेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले ‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता पेस गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।

प्रतिनिधि सभाको कार्यसूची :

राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ का विभिन्न शीर्षकहरुमध्ये भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन, उर्जा, जलस्रोत तथा सिँचाई, सञ्चार तथा सूचना प्रविधि, गृह, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रियको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।

भैरव सुन्दर श्रेष्ठले ‘विनियोजन विधेयक २०७९ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले “रेल्वे विधेयक, २०७९” सभा समक्ष पेश गर्नै कार्यसूची रहेको छ ।

राष्ट्रिय सभाको कार्यसूची :