७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


लिभरपुलका माने अब बायर्न म्युनिखमा


169
Shares

काठमाडौं । अफ्रिकी मुलुक सेनेगलका फुटबल खेलाडी सादियो माने जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्धित भएका छन् ।

बायर्नले बुधबार मानेलाई लिभरपुलबाट आफ्नो टोलीमा अनुबन्ध गरिएको जनाएको छ ।

मानेले जर्मन च्याम्पियन बायर्नसँग तीन वर्षको सम्झौता गरेका छन् । बायर्नले फरवार्ड मानेलाई लिभरपुलबाट ३५ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।

३० वर्षीय फरवार्ड माने सन् २०१६ मा साउथह्याम्पटनबाट लिभरपुल प्रवेश गरेका थिए । उनले लिभरपुलका लागि प्रिमियर लिग, एफ.ए कप लगायत ६ उपाधि जितेका छन् । मानेले लिभरपुलका लागि २ सय ६९ खेलमा १ सय २० गोल गरेका छन् ।