
काठमाडौं । कञ्चनपुर र झापामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डामा बुधबार बेलुकी गाडासँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बेलौरीबाट रामनगर जाँदै गरेको सुदुर पश्चिम प्रदेश–०१–०१०–प ८३९ नम्बरको मोटरसाइकल गाडासँग ठोक्किँदा कञ्चनपुरको पुर्नवास नगरपालिका–१ गणेशबस्तीका अन्दाजी २४ वर्षीय बिश्राम रानाको मृत्यु भएको हो ।
रानाको उपचारका क्रममा ईसान मेमोरियल अस्पताल बेलौरीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, घाइते भएका मोटरसाइकलमा पछाडी सवार २८ वर्षीय शंकर रानाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
गाढा चालकलाई इलाका प्रहरी कार्यालय बेलौरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, झापाको मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा बुधबार साँझ मिनि ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ ।
प्रदेश–१–०१–००१ ह ८६०१ नम्बरको सिटि सफारी टेम्पोलाई प्रदेश–१–०१–००१ क ११४६ नम्बरको मिनि ट्रकले ठक्कर दिँदा मेचीनगर नगरपालिका–९ का अन्दाजी ४३ वर्षीय रमेश कटुवालको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा विर्तामोड स्थित वि एण्ड सि अस्पतालमा भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि फरार भएका मिनि ट्रकका चालकको खोजी भइरहेको प्रहरी चौकी ज्यामिरगढी झापाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्