
काठमाडौं । कारोबार हुने साताको अन्तिम दिन शेयर बजारमा पुनः दोहोरो अंकको गिरावट आएको छ ।
बिहीबार नेप्से परिसूचक ४५.२५ अंकले घटेर १८४८.२८ विन्दुमा आइपुग्दा ठूला कम्पनीको कारोबार मापन गर्ने परिसूचक सेन्सेटिभ ७ अंकले घटेर ३६२.०९ विन्दुमा झरेको छ ।
बुधबारको तुलनामा कारोबार रकममा भने वृद्धि भएको छ । बुधबार १ अर्ब घटिको कारोबार भएकोमा बिहीबार भने २ सय ३७ कम्पनीका ५० लाख ८ हजार ७ सय ७१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५० अर्बको कारोबार भयो ।
उपसूचक समूहमा पनि राताम्मे देखिएको छ । निर्जीवन बीमा २१८.०५, जीवन बीमा १४३.३८, विकास बैंक ११९.८६ र माइक्रोफाइनान्स १०२.१५ अंकले घटेका छन् । म्युचल फन्ड र लगानी समूह सामान्य अंकले घट्दा अन्य समूह भने दोहोरो अंकले ओरालो झरे ।
शेयरबजार लगातार घटिरहँदा शेयर बजारमा शून्यता छाएको छ । एक समय दैनिका २० अर्बभन्दा माथिसम्मको कारोबार हुने गरेको बजारमा अहिले मुस्किले डेढ अर्बको कारोबार हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्