२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


तेस्रो सिजनबाट कपिल शर्माले कमाए ४० करोड, प्रति एपिसोड ५० लाख चार्ज


9.568k
Shares

एजेन्सी । भारतीय कमेडियन कपिल शर्माले ‘द कपिल शर्मा शो सिजन ३’ बाट ४० करोड रुपैयाँ कमाएका छन् ।

भारतीय मिडियाका अनुसार कपिलले तेस्रो सिजनमा आफ्नो पारिश्रमिक बढाएको र ४० करोड रुपैयाँ कमाएको हो ।

दोस्रो सिजनमा एक एपिसोडको ३० लाख लिने शर्माले तेस्रो सिजनका लागि भने प्रति एपिसोड ५० लाख रुपैयाँ लिएका थिए ।

कमेडियन शर्माले हरेक हप्तामा दुईवटा एपिसोड गर्ने र त्यसबापत १ करोड रुपैयाँ लिएर जाने समाचारमा उल्लेख छ ।

शो को तेस्रो सिजन ४० हप्ता यानिकी ८० एपिसोडसम्म चलेको थियो । अहिले शो को तेस्रो सिजन पनि सकेर टीम नै क्यानडा टुरमा छन् ।

अमेरिका र क्यानडाका दर्शकहरुलाई हराइरहेका कपिलको टीम भारत फर्किएपछि पुनः शो सुरु गर्नेछन् । टीमका सदस्यसँग कपिलले बिहीबार बिहान मात्र गजबको फोटो सेयर गरेका थिए ।