१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मन्त्री हेरफेरको विषय तत्काल टुङ्ग्याउन माधव नेपाललाई दबाव


182
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा पार्टीका नेताहरूले मन्त्री हेरफेरको विषयलाई तत्काल टुंग्याउन दबाव दिएका छन् ।

बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय सविचवालयको २७औं बैठकमा नेताहरूले अध्यक्ष माधवकुमार नेपाललाई मन्त्री हेरफेरको विषयलाई तत्काल टुंगो लगाउन दबाव दिएका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले बुधबार र बिहीबार गरी दुई दिन बसेको सचिवालय बैठकले शुक्रबार हुने पोलिटब्यूरो, शनिबार हुने केन्द्रीय कमिटी र असार १३ र १४ गते हुने केन्द्रीय परिषद्को बैठकका एजेण्डाका बारेमा छलफल गरेको बताउनुभयो ।

बैठकमा पार्टी अध्यक्ष नेपालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमाथि पनि छलफल गरेको बताउनुभयो ।

उपमहासचिव तुलाधरले पार्टीले गरेको निर्णय बहानाबाजी देखाएर प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेको भन्दै सांसदहरूले त्यसले पार्टीका कार्यकर्ताहरूमा नराम्रो सन्देश गएकोप्रति ध्यानाकर्षण गराएको पनि बताउनुभयो ।

गठबन्धनको औचित्य नसकिएकोले आगामी निर्वाचनमा पनि गठबन्धन गरेरै जानुपर्नेमा छलफल भएकोसमेत उहाँले बताउनुभयो ।