१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


४ किलो ९ सय ग्राम हेरोइनसहित ४ जना पक्राउ


182
Shares

काठमाडौं । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले ४ किलो ९ सय ग्राम हेरोइनसहित ४ जना पक्राउ गरेको छ ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निगरानी गर्दै बौद्धस्थित एक होटलमा पुगेर तान्जानियन नागरिकले ल्याएको सुटकेसमा लुकाएको ४ किलो ९ सय ग्राम हेरोइन बरामद गरेको ब्यूरोका प्रमुख जीवनकुमार श्रेष्ठले बताउनुभयो ।

प्रहरीले २ भारतीय र १ नेपालीलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा तान्जानियन नागरिक अबुलुकी, भारतको हरियाणाका मुनिम सिंह र विक्रमजित सिंह रहेका छन् ।

त्यसैगरी विरगन्जका विक्की रौनियार रहेका छन् । पक्राउ परेका ४ जनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।