
web pic
काठमाडौं । सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझिया चोकमा बिहीबार बेलुका भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
प्रदेश १—०२—४४ प ६१० नम्बरको मोटरसाइकल सडकमा बसिरहेको चौपायासँग ठोक्किएर अनियन्त्रित भई विपरित दिशाबाट आउँदै गरेको ना ७ ख २५२२ नम्बरको टिपरमा ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मोरङको विराटनगरका अन्दजी ५० वर्षीय युवराज खतिवडाको उपचारका क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, घाइते भएका मोटरसाइकलमा पछाडी सवार मोरङकै विराटनगर उपमहानगरपालिका–१५ का ४७ वर्षीय गौतम महतोको सोही अस्पतालमा उपचार भइरहेको छ ।
टिपर सहित चालकलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्