२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


कम्युनिष्ट पार्टीले देशभक्तिलाई महत्व दिन्छ, लम्पसार पर्दैन: अध्यक्ष नेपाल


299
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीले देशभक्तिलाई महत्व दिने र विदेशीसामु लम्पसार नपर्ने बताउनुभएको छ ।

पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै आज (शुक्रबार) उहाँले यस्तो बताउनुभएको हो । कम्युनिष्ट पार्टी विदेशीको स्वार्थमा पनि नचल्ने उहाँको तर्क छ । कम्युनिष्टले देशको हित र रक्षाका लागि लड्ने उहाँको भनाइ छ ।

नीति बनाउँदा परिस्थितिको सही विश्लेषण भए सही निर्णय हुने पनि उहाँले बताउनुभयाे। पार्टी बलियो र सही नीतिमा अघि बढेमा सबै खाले चुनौतीको सामना गर्न सकिने उहाँले बताउनुभएको छ।