२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पाँचथरमा बंगुरपालनबाट महिला राम्रो आम्दानी गर्न सफल, वार्षिक १० लाख आम्दानी हुने


689
Shares

पाँचथर । पाँचथर मिक्लाजुङ-२ सप्तमीका महिलाहरु अहिले ब्यवसायिक बंगुरपालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् ।

यस क्षेत्रका महिलाहरुले कतिपयले ब्यवसाय दर्ता गरेर त कतिपयले नगरी पनि ब्यवसायिक बंगुरपालन गरेर राम्रो आम्दानीको स्रोत बनाएका हुन् । मिक्लाजुङ २ सप्तमी बजारकी कुमारी मगरले अहिले हिवारी बंगुपालन पशुफर्म दर्ता गरी मनग्य आम्दानी गरिरहनुभएको छ ।

बंगुरको सबै आहारा तथा अन्य विविध खर्च कटाएर पनि उहाँले वार्षिक १० लाख रुपैयाँसम्मको आम्दानी गरिरहनुभएको छ।उद्यमी ब्यवसायी महिलाहरुलाई राज्यले पनि बंगुरपालनका लागि आवश्यक तालिम, प्राविधिक सहयोग र अनुदान मार्फत सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँको फर्ममा अहिले साना-ठूला गरी करिब ४ दर्जनको हाराहारीमा बंगुर रहेका छन् ।

उहाँ मात्रै होइन् सप्तमी बजारका अन्य महिला पनि कतिपयले दर्ता गरेर कतिपयले दर्ता नगरीकनै बंगुरफर्म संचालन गरिरहेका छन् ।