
काठमाडौं । लमजुङको न्यादीखोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन सुरु भएको छ ।
गत वैशाखदेखि परीक्षण उत्पादन सुरु गरेको सो आयोजनाले २७ वैशाखदेखि उत्पादित विद्युत शुल्क पाउने गरी सम्झौता गरेको हो ।
प्राविधिक व्यवस्थापनका कारण सम्झौता गर्न ढिलाई भएपनि प्राधिकरणले साविक मितिबाट नै उत्पादित विद्युतको शुल्क तिर्ने गरी सम्झौता भएको न्यादी जलविद्युत आयोजनाका कार्यकारी अधिकृत उत्तम अमात्यले बताउनुभयो ।
आयोजनाको बिजुली २२० केभी मस्याङ्दी करिडोर प्रसारण लाइन अन्तर्गतको खुदी सवस्टेसनबाट राष्टिय प्रणालीमा जोडिएको छ । आयोजनाबाट उत्पादित विद्युत प्राधिकरणको भुलभुले–मध्यमस्याङ्दी १३२ केभी प्रसारण लाइनमा जोडिएको आयोजनाले जनाएको छ ।
गत पुस महिनामा आयोजना निर्माण सम्पन्न भई ३ वैशाखदेखि परीक्षण उत्पादन गरेको आयोजनाबाट करिब २४ दिनको परिक्षण उत्पादन मानेर २७ गते देखि उत्पादित विद्युतको शुल्क तिर्ने गरी सहमति भएको आयोजनाका प्रशासकिय अधिकृत बासु गर्तौलाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्