१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


प्रदेश ५ मा सार्वजनिक खर्च नियन्त्रण गर्न कार्यविधि


0
Shares

बुटवल, साउन ३० । प्रदेश सरकारको खर्चलाई मितव्ययी बनाउन प्रदेश ५ को सरकारले प्रदेश सरकार, प्रदेश नं ५ सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययितासम्बन्धी निर्देशिका, २०७५ जारी गरेको छ । 

मंगलबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश र स्थानीय सरकारमातहतमा रहेका निकायले गर्ने हरेक कार्यक्रम, भम्रण र सत्कारमा हुने खर्चलाई नियन्त्रण गर्न निर्देशिका बनाएको हो ।

कार्यविधि नहुँदा मनोमानी रुपमा खर्च गर्ने भएकाले कार्यविधिसहितको निर्देशिका बनाएको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।

मन्त्री चौधरीले यसबाट मोटो फजुल खर्च रोक्न सकिने विश्वास व्यक्त गरे ।

मन्त्रिपरिषदको बैठकले प्रदेश योजना आयोगको सदस्यमा गुल्मी स्थायी घरभएका डा. विष्णुप्रसाद गौतमलाई नियुक्त गरोको छ । गौतमले क्यानडाको टोरन्टो विश्व विद्यालयबाट विद्यावारीधि गरेका छन् । उनि पहाडको चट्टानको विज्ञ हुन् ।

यस्तै बैठकले पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरा तोकेको छ । हाल कोल भन्ने स्थानमा रहेको केन्द्र सार्ने गाउँपालिकाको सिफारिसका आधारमा यो निर्णय गरिएको जनाइएको छ ।