२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने देखियो : वामदेव गौतम

'कांग्रेसको नेतृत्वमा देश विकास हुन नसक्ने'

2.275k
Shares

काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने देखिएको बताउनुभएको छ ।

शनिबार नेकपा एकता राष्ट्रिय अभियानको कार्यक्रममा बोल्दै सदस्य गौतमले स्थानीय निर्वाचनको नतिजालाई हेर्दा कांग्रेस संघीय र प्रदेश निर्वाचनमा पनि पहिलो पार्टी बन्ने देखिएको बताउनुभएको हो ।

उहाँले कांग्रेसको नेतृत्वमा देश विकास हुन नसक्ने पनि दाबी गर्नुभयो ।

कांग्रेसलाई नेतृत्व सुम्पिँदा एमसीसीजस्ता कुराले स्थान पाउने भन्दै कम्युनिष्टहरु मिलेर कांग्रेसलाई सँगै लैजानुपर्ने तर कांग्रेसको नेतृत्वमा सरकार बन्न दिनु नहुने बताउनुभयो ।

उहाँले नेपाली कांग्रेस पार्टी दलाल, नोकरशाही, पुँजीपति वर्गको पार्टी नभएको पछिल्ला घटनाक्रमले देखाएको बताउनुभयो । गौतमले कांग्रेस पुँजीवादी, सुधारवादी पार्टी हो भन्ने प्रमाणित भइसकेको तर कांग्रेसलाई सरकारको नेतृत्व दिँदा एमसीसीजस्ता सबैकुरा भित्रिने आरोप लगाउनुभयो । उहाँले एमसीसीलाई संसदबाट अनुमोदन गर्नपनि प्रधानमन्त्री शेरबहादुर देउवाले बाध्य पारेको बताउनुभयो ।

यस्तै, तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड का कारण नेकपा विभाजन भएको आरोप लगाउनुभयो ।