
काठमाडौं । स्पेनको उत्तर अफ्रिकी एन्क्लेभ मेलिला शहरमा आप्रवासीको ठूलो भीड प्रवेश गर्न खोज्दा १८ जनाको मृत्यु भएको छ ।
छिमेकी मोरक्कोबाट स्पेन प्रवेश गर्न खोज्ने क्रममा सुरक्षाकर्मी र आप्रवासीबीच झडप हुँदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेहरूमध्ये केही सीमाको पर्खालबाट खसेका थिए । शुक्रबार बिहानै भएको झडपपछि कैयौं सुरक्षाकर्मी र आप्रवासीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
स्पेनी अधिकारीहरूका अनुसार सयौं मानिसहरूले बार काटेर एन्क्लेभमा छिर्न खोजेका थिए । धेरैलाई फिर्ता गरिपनि १ सय बन्दा बढी जबरजस्ती प्रवेश गरेकालाई नियन्त्रणमा लिइएको जनाइएको छ । मेलिला र सेउटा, अर्को स्पेनी एन्क्लेभ, हालैका वर्षहरूमा प्रायः उप–सहारा आप्रवासीहरू युरोप पुग्न प्रयास गर्नेहरूको केन्द्र बिन्दु बनेको छ ।
स्पेन र मोरक्कोले मार्चमा कूटनीतिक सम्बन्ध पुनः सुरु गरेपछि पहिलो पटक यस्तो सामूहिक रुपमा प्रवेश गर्ने प्रयास गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्पेनले पश्चिमी सहाराको विवादित क्षेत्रको लागि मोरक्कोको स्वायत्तता योजनालाई समर्थन गरेपछि दुई देशबीच सम्बन्ध सुधारिएको थियो ।
प्रतिक्रिया दिनुहोस्