
काठमाडौं । देशभरका ४३५ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।
४६० गाउँपालिका रहेकोमा ९५ प्रतिशतले तोकिएकै समयमा बजेट ल्याएका हुन् । १९ वटा गाउँपालिकाले बजेट पेश गरेका छैनन् भने ६ वटा गाउँपालिका सम्पर्कमै नरहेको गाउँपालिका राष्ट्रिय महासंघ नेपालले जनाएको छ ।
बजेट पेश नगर्नेमा मधेश प्रदेशका १२, लुम्बिनीका ३, बागमतीका २ र कर्णाली र सुदूरपश्चिमका २/२ वटा गाउँपालिका रहेका छन् । प्रदेश १, कर्णाली र सुदूरपश्चिमका २/२ वटा गाउँपालिका भने सम्पर्कमै नआएको महासंघले जनाएको छ ।
असार १० गतेभित्र बजेट पेश गरिसक्नु पर्ने संवैधानिक र संघीय कानुनमा व्यवस्था छ । बजेट नल्याएका गाउँपालिकाले पनि केही दिनमै सभा गरी बजेट ल्याउने महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्