२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पोखरीमा डुब्दा २ बालकको मृत्यु


247
Shares

धनकुटा । जिल्लाको धनकुटा नगरपालिका–६ पात्लेखोलामा रहेको पोखरीमा डुबेर २ बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनकुटा नगरपालिका–४ का १३ वर्षीय सोडिम राई र धनकुटा नगरपालिका–७ का १४ वर्षीय उदय राई रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो ।

डुबेका उनीहरूलाई उद्धार गरी जिल्ला अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरू उदयको जन्मदिन मनाउन त्यहाँ गएका थिए ।