
धनकुटा । सात स्थानीय तह रहेको धनकुटाका चार वटा स्थानीय तहले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका छन् ।
तीन स्थानीय तहले भने विवादका कारण बजेट प्रस्तुत गर्न नसकेको जनाएका छन् । छथरजोरपाटी गाउँपालिका, शहिदभूमी गाउँपालिका, चौबिसे गाउँपालिका र महालक्ष्मी नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका छन् ।
धनकुटा नगरपालिका, पाख्रिवास नगरपालिका र साँगुरीगढी गाउँपालिकाले भने बजेट प्रस्तुत नगरी सभा स्थगित गरेका छन् । उनिहरूले समेत चाँडै बजेट प्रस्तुत गर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्