
झापा । संघीय लिम्बूवान पार्टीका अध्यक्ष सञ्जुहाङ्ग पालुङ्वाले लिम्बुवानको भावना विपरीत प्रदेश १ को नामाङ्कन गरिए ठूलो विद्रोह गर्ने चेतावनी दिनुभएको छ ।
शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै पालुङ्वाले लिम्बुवान स्वेत राज्य प्राप्तिको आन्दोलनको भावना विपरीत नामाकरण गरिए विद्रोह गर्ने चेतावनी दिनुभयो ।
उहाँले लिम्बुवान स्वायत्त राज्य प्राप्तिको आन्दोलनका लागि २०६४ चैत ६ गते नेपाल सरकारसँग पाँच बुँदे सहमति भए पनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
विगतको सहमतिलाई लत्याउँदै प्रदेश १ को नामाकरणका विषयमा राजनीतिक दल, नेता तथा सांसदहरू अघि बढे भविश्यमा महंगो मूल्य चुकाउनुपर्ने उहाँको चेतावनी छ ।
फरक प्रसङ्गमा अध्यक्ष पालुङ्वाले मुलुकमा बढिरहेको महंगी, भ्रष्टाचार, बलात्कार, वेथिति, कुशासनले देशवासीले दुःख पाइरहेको भन्दै यस्ता विषयमा ध्यान दिन आग्रह गर्नुभयो ।
विगतका वर्षदेखि नै अरुण पूर्वका नौ जिल्लालाई छुट्टै लिम्बुवान राज्य प्रप्तिको माग गर्दै क्षेत्रीय पार्टीका रूपमा स्थापित संघीय लिम्बुवान पार्टी आन्दोलनरत छ ।
प्रतिक्रिया दिनुहोस्