
काठमाडौं । सुनसरीको वराहक्षेत्र नगरपालिका–२ स्थित सप्तकोसी नदीमा आज डुङ्गा दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा स्थानीय अमर विष्ट रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । बाढी आएको बेलामा कोसी नदीमा दाउरा निकाल्ने क्रममा डुङ्गा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
चार जना युवा डुङ्गामा सवार रहेकामा स्थानीय दुर्गा काफ्ले, टीकराम बस्नेत र नितेश बस्नेतलाई सकुसल उद्धार गरिएको छ भने विष्ट बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता भएका विष्टको खोजी भइरहेको छ । गोताखोर टोली, प्रहरी, स्थानीयवासीले खोजी गरिरहेको छ । खोजीकार्यलाई तीव्रता दिन सुरक्षा निकायलाई नगर प्रमुख रमेश कार्कीले आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्