
-मानबहादुर वली/ईमेज
सुर्खेत । कोरोना भाइरसको महामारी फैलने त्रासले ठप्प रहेको पढाइलाई अनलाईनमार्फत सुरु गरिएको छ ।
लकडाउनका कारण एक महिनादेखि शिक्षण संस्थाहरु बन्द भएसँगै सुर्खेतका केही विद्यालयले अनलाइनमार्फत कक्षा पुनः सञ्चालनमा ल्याएका हुन् ।
कोरोना भाइरस फैलिएको थाहा पाएकी सुर्खेत वीरेन्द्रनगरकी प्रमिशा सेजुवालले यसरी बन्दाबन्दीमा बस्नुपर्ला भन्ने सोचेकी थिइनन् ।
कोरोनाले सबैलाई त्रसित बनाएको छ । एक महिना बढीदेखि विद्यालय बन्द छन् । बजार सुनसान छ ।
घरमै बस्दा दिक्क बनेकी उनी पछिल्लो दुई साता विद्यालयको अनलाइन कक्षामा पढ्न पाउँदा दंग छिन् । ९ कक्षाको परीक्षा दिएपछि लकडाउनका कारण विद्यालय खुलेन ।
तर अहिले विद्यालयले सञ्चालन गरेको अनलाईन कक्षा उनका लागि प्रभावकारी भएको छ ।
लामो बन्दका काराण पढ्ने बानी बिर्सिरहेका बेला यसले बालबालिकालाई व्यस्त बनाएको छ । सधैं कक्षाकोठामा पढिरहेका विद्यार्थीलाई यो प्रक्रिया भने नयाँ लागेको छ ।
शिक्षक विद्यार्थी नियमित अनलाइक कक्षा शूरु गर्ने समय निश्चित भएको छ । विद्यार्थीले नबुझेका कुरा अनलाइनमै सोध्न मिल्छ ।
महेन्द्रनगरको स्टार स्कुल र सुर्खेतको चिल्ड्रेन प्याराडाइज स्कुलले संयुक्त कक्षा सञ्चालन गरेपछि १० कक्षाको अनलाइन कक्षामा सहभागि तृष्णा पाठकलाई भने नयाँ सर र साथीहरूसँग परिचय पनि भएको छ ।
अनलाइन कक्षाले खाली समयको सदुपयोग भएको छ । पढ्ने बानीमा जाँगर थपिएको छ । र कोर्ष नसकिने चिन्ता पनि हटेको छ ।
जोखिमरहित प्रविधिको प्रयोगबाट बालबालिकालाई पढाइमा प्रेरित गर्ने कामले अभिभावकमा पनि सकारात्मक प्रभाव परेको छ ।
अभिभावकको सहयोगमा ‘जुम क्लाउड मिटिङ’ एप्सबाट अहिले कक्षा १० पढ्ने २४ जना विद्यार्थी अनलाइन कक्षामा सहभागि छन ।
बिहान ८ बजेदेखि १० बजेसम्म कम्प्युटर, अंग्रेजी, विज्ञान तथा दिउँसो ३ बजेदेखि ५ बजेसम्म सामाजिक, नेपाली र गणित पढाइ हुने गरेको छ ।
शिक्षकले अनलाइमै गृहकार्य दिने र विद्यार्थीले अनलाइनमै गृहकार्य देखाउन मिल्ने व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्