२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बागमती प्रदेशसभा बैठक बस्दै


52
Shares

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज आइतबार बस्दैछ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट माथि छलफलका लागि दिउँसो २ बजे बैठक बोलाइएको हो ।

प्रदेशसभा बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श समितिको बैठक पनि मध्याह्न १२ बजे बोलाइएको छ ।

असार २ गते बसेको प्रदेशसभाको बैठकमा बजेटमाथि सामान्य छलफल प्रारम्भ भएको थियो भने आइतबारको बैठकमा बजेटमाथि मन्त्रालयगत रुपमा छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारले आगामी आ.व.का लागि कुल ७० अर्ब ९३ करोड अनुमानित बजेट असार १ गते सार्वजनिक गरेको थियो ।