४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


विम्बल्डन टेनिस भोलिबाट सुरु हुँदै


91
Shares

काठमाडौं । वर्षको तेस्रो ग्राण्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डन भोलि सोमबारबाट सुरु हुँदैछ ।

लण्डनको अल इंग्ल्याण्ड लन टेनिस कोर्टमा हुने प्रतियोगिताको लागि शिर्ष खेलाडीहरु तयार छन् ।

यस पटक विम्बल्डनको उपाधि दावेदारको रुपमा राफायल नादाललाई नोभाक जोकोभिचले टक्कर दिनेछन् ।

आधुनिक टेनिसका सर्वाधिक सफल खेलाडी नादालले २२ वटा ग्राण्डस्लाम जितेका छन् भने जोकोभिचले २० उपाधि जितेका छन् ।

महिलातर्फ अमेरिकी खेलाडी सेरेना विलियम्स र पोल्याण्डकी इगा सिवाटेकलाई मुख्य दावेदारको रुपमा हेरिएको छ ।

गत वर्षको युएस ओपनमा सनसनी मच्चाएकी बेलायती खेलाडी इम्मा राडुकानु र ब्रिटिस खेलाडी एण्डी मरेलाई पनि विम्बल्डन टेनिसको आकर्षणको रुपमा हेरिएको छ ।