२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्ने बाहेक कुनै स्वार्थ छैन्: सभामुख सापकोटा


195
Shares

काठमाडौं । सभामुख अग्नि सापकोटाले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्ने बाहेक कुनै पनि स्वार्थ नभएको बताउनुभएको छ ।

संसदीय मामिला पत्रकार समाजले काठमाडौंमा गरेको पुस्तक विमोचन कार्यक्रमलाई सम्बाेधन गर्दै आज (आइतबार) उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले आफ्नो आनीबानी, आचरण, देशभक्ति, सदाचारको एउटा नमुना दिनका लागि आफूलाई सधैंभरी अग्रसर बनाइराख्नुपर्ने बताउनुभएकाे छ ।

उहाँले यस्तै काम सांसद र सचिवालयका कर्मचारीमा पनि हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयाे, ‘लोकतन्त्र भनेको जीवनधारा हो, लोकतन्त्रको आत्मा भनेको संसद हो।’ जनताका कुरालाई आत्मसाथ गर्न सकिए सफलता पाइने उहाँले बताउनुभयाे ।