
काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा आज आइतबार घटाएको छ ।
नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएसँगै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो ।
सरकारले शनिबार राति १२ बजेदेखि लागू पेट्रोलमा प्रतिलिटर २० तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाएको छ ।
यात्रुवाहक सवारी साधनमा ५.४१ प्रतिशत भाडा घटेको छ भने मालवाहक सवारी पहाडमा चल्नेमा ६.९७ प्रतिशत र तराईमा चल्नेमा ७.६८ प्रतिशत भाडा घटेको छ।
यसअघि असारको पहिलो हप्ता पेट्रोल र डिजेल तथा मट्टितेलमा भारी मात्रामा मूल्यवृद्धि भएपछि विभागले असार ६ गते सवारी साधनको भाडा वृद्धि गरेको थियो ।
सरकारले सार्वजनिक सवारीको भाडा दर स्वचालित आधारमा गर्ने गरी व्यवस्था गरेको छ ।
हेर्नुस् सूचीः
प्रतिक्रिया दिनुहोस्