
काठमाडौं । नेपालले क्यानाडासँग दुई वटा एक दिवसिय क्रिकेट (ओडीआई) सिरिज खेल मात्रै खेल्ने भएको छ । यसअघि दुई वटा टी–ट्वान्टी पनि खेल्ने बताईएको थियो । तर, भिसा प्रक्रिया लम्बिएपछि नेपालले टी–ट्वान्टी खेल रद्द गरी दुई वटा एक दिवसिय खेल मात्रै खेल्न लागेको हो ।
आईसीसी विश्वकप लिग दुई क्रिकेट अन्तर्गत स्कटल्याण्डमा हुने श्रृंखलापूर्व नेपालले क्यानाडामा अभ्यास गर्न लागेको हो ।
नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले जुलाई ४ तारिखमा पहिलो एक दिवसिय खेल खेल्नेछ भने जुलाई ५ मा दोस्रो खेल खेल्नेछ । त्यसपछि नेपाली टोली लिग टु–क्रिकेटको लागि स्कटल्याण्ड जानेछ ।
स्कटल्याण्डमा नेपाल, स्कटल्याण्ड र नामिबियाबीच त्रिकोणात्मक एक दिवसिय श्रृंखला हुनेछ । ६ टोली सहभागि आईसीसी विश्वकप लिग टु क्रिकेटमा नेपाल १६ खेलमा ७ जित र ८ हारका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा रहेको छ । ३६ खेलबाट ४४ अंक जोडेको ओमान शिर्ष स्थानमा रहँदा २० खेलबाट २८ अंक जोडेको स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्