६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


वर्तमान सरकार वनमारा झार : जनकवि श्रेष्ठ (भिडियो)


234
Shares

नरेन्द्र मानन्धर र रक्षा बज्रचार्य (इमेज)

काठमाडौं, वैशाख १६ । विश्व कोरोनाको सन्त्रासबाट गुज्रिरहेको बेला नेपालमा भने राजनीतिक चलखेल भएकोमा स्रष्टाहरु असन्तुष्ट बनेका छन् ।

कोरोनाभन्दा पनि नेताहरु भयानक भएको र जघन्य अपराधदेखि भ्रष्टाचारमा लिप्त रहेकोले स्रष्टाहरुले कोरोनाबाट बच्न सकिएला तर सत्ता र नेताबाट भने बच्न गाह्रो देखिएको टिप्पणी गरेका छन् ।

८६ वर्षीय जनकवि दुर्गालाल श्रेष्ठको मन अहिले विद्रोही बनेको छ ।

कोरोनाको सन्त्रासले विश्व गुज्रिरहेको बेला देशमा विपद् पर्दासमेत सत्ताको चलखेलले उनलाई विद्रोही बनाएको हो ।

‘लकडाउन’का कारण घरमा नै बसेर जनकविले करिब ३५ ओटा नेपाल भाषा र नेपालीमा कोरोनाभाइसरसम्बन्धी कविता र भजन सिर्जना गरिसकेका छन् ।

‘सावधान’ ! शीर्षकको कवितामार्फत् वर्तमान सरकारको छवि प्रस्तुत गरेका छन्, उनले ।

जनकविले वर्तमान कम्युनिस्ट सरकारलाई वनमारा झारको संज्ञा दिँदै बेलैमा यसलाई उखेलेर फाल्नैपर्ने नभए कोरोनाझैं उम्रेर आउने भन्दै  आक्रोश पोखेका छन् ।

आफूलाई कवि होइन, गाईजात्राको कलाकार भन्न रुचाउने जनकवि श्रेष्ठ कोरोनाभन्दा पनि खतरनाक बाटो भुलेर जघन्य अपराधमा पुगेका नेताहरु र सरकारबाट सजेत हुनुपर्ने उनको सुझाव छ ।

उनले कोरोनाको अनुभव पहिलो भएकोले यो धर्म र पापको कसी हो कि ? भनेर प्रश्न पनि गरेका छन् ।

‘फूलको आँखामा फूलै संसार’ भन्ने प्रख्यात गीतका सर्जकको मन कठोर हुनु पक्कै पनि राम्रो होइन ।

दशकौं अध्यापनसमेत गरेका ‘मास्टर साब’ कविको कोमल मनमा विद्रोहको विजारोपण वा बास हुनुले देशको वर्तमान परिस्थितिलाई छर्लंग देखाउँछ ।

तसर्थ, भविष्यमा हुनसक्ने जनविद्रोहलाई रोक्न दलका नेता सचेत र राजनीतिक चरित्र संस्कारयुक्त हुनु आवश्यक छ । नभए देश भड्खालोमा जाने निश्चित छ ।

भिडियो हेर्नुहोस्