१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संघीय निजामती विधेयक संसदमा दर्ता गर्ने मन्त्री श्रेष्ठको तयारी


273
Shares

काठमाडौैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले संघीय निजामति विधेयक छिटै संसदमा दर्ता गर्ने बताउनुभएको छ ।

सोमबार राष्ट्रियसभामा विनियोजित बजेटमाथि राष्ट्रिय सभामा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले प्रतिनिधिसभाको बैठक नियमित सञ्चालन भइरहेको भन्दै चाँडै संसदमा संघीय निजामती विधेयक दर्ता गर्ने बताउनुभयो ।

मन्त्री श्रेष्ठले अघिल्लो सरकारले ल्याएको संघीय निजामति ऐन संसदबाट फिर्ता ल्याएकाले गठबन्धन दलहरूको महाधिवेशन तथा स्थानीय निर्वाचनको कारण रोकिएको बताउनुभयो । गठबन्धन दलहरू छलफल गरेर छिटै संसदमा विधेयक दर्ता गराउने बताउनुभयो ।

मन्त्री श्रेष्ठले संघीयतालाई बलियो बनाउनको लागि संघीय मामिला प्रशिक्षण प्रतिष्ठान ऐन ड्राफ्ट भइरहेकाले केही दिनमा संसदको दुई सदनमध्ये कुनै एकमा प्रश्तुत गर्ने तयारी भइरहेको बताउनुभयो ।