२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बागमती प्रदेशसभामा एमालेको अवरोध हट्यो, अर्थमन्त्रीले जवाफ दिँदै


117
Shares

हेटौंडा । प्रमुख प्रतिपक्ष एमालेले अवरोध अन्त्य गरेपछि बागमती प्रदेश सभाको बैठक सुरु भएको छ ।

प्रदेशसभामा बसेको सोमबारको बैठकले प्रदेश सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक २०७९ लाई छलफल गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, एमाले र सत्तापक्षबीचको सहमति अनुसार आजको बैठकमा सरकारको तर्फबाट सदनमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले एमालेले उठाएका विषयमा जवाफ दिनुभएको छ ।

उहाँले सदनबाट जवाफ दिँदै बहुवर्षीय योजनाहरूको हकमा विगतमा चल्दै आएको र नयाँ योजनाहरूमा बजेट विनियोजन गरेको बताउनुभएको छ । बैठकमा सरकारको बजेटमाथि मन्त्रालयगत रूपमा छलफल भइरहेको छ ।