७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


फिलिपिन्समा १६५ यात्रु सवार डुंगामा आगलागी


104
Shares

एजेन्सी । फिलिपिन्समा १ सय ६५ यात्रु सवार एउटा डुंगामा आगलागी भएको छ ।

घटनामा एकजनाको मृत्यु भएको र अर्का एकजना हराइरहेका छन् । फिलिपिन्सको बोहोल र लेयट टापुको बीचमा गुडिरहेको डुंगामा आगलागी भएको हो ।

आठ चालक दल सहितको उक्त डुंगा उबेबाट बोहोलतर्फ अघि बढिरहेको थियो । आगलागीपछि यात्रुहरू डुंगाबाट हाम फालेर भागेका थिए । आगलागीको कारण खुलेको छैन ।

आगलागीका कारण डुंगा भने ध्वस्त भएको छ । दुर्घटनामा हराएका एकजनाको भने खोजी कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन् ।