१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जोकोभिचको विजयी सुरुवात


65
Shares

काठमाडौं । साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसमा विजयी सुरुवात गरेका छन् ।

बेलायतको सेन्टर कोर्टमा सोमबार सुरु भएको वर्षको तेस्रो ग्राण्डस्लाम टेनिसको उद्घाटन खेलमा जोकोभिचले दक्षिण कोरियाका क्वान सुन वु माथि ३–१ को सुरुवात गरेका हुन् ।

क्वान विरुद्धको खेल जोकोभिचले ६–३, ३–६, ६–३ र ६–४ को सेटमा जिते ।

कोरोना भाइरससम्बन्धी स्वास्थ्य मापदण्ड र भिसा प्रकरणले अष्ट्रेलियन ओपन खेल्न नपाएका जोकोभिच यो वर्ष पहिलो ग्राण्डस्लाम टेनिसको उपाधि खोजीमा छन् ।

फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा जोकोभिचलाई राफायल नादालले हराएका थिए ।

विम्बल्डनको पहिलो दिन ब्रिटिस खेलाडी एण्डी मरेले अष्ट्रेलियाका जेम्स डकवर्थलाई ४–६, ६–३, ६–२ र ६–४ ले पाखा लगाए ।

अर्का ब्रिटिस खेलाडी इम्मा राडुकानुले पहिलो चरणको खेलमा बेल्जीयमकी एलीसनलाई ६–४ र ६–४ को सोझो सेटमा पराजित गरिन् ।