२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


पानी परेपछि किसान खुसी


247
Shares

ओखलढुंगा । लगातार ४ वर्षसम्म मकै छर्ने बेलामा खडेरी पर्दा दिक्क भएका ओखलढुंगाको सुनकोसी र दूधकोसी नदी तटीय क्षेत्रका किसानलाई यसवर्ष भने राहत मिलेको छ । यसवर्ष जेठदेखि नै पानी परेपछि उनीहरुले राहत महसुस गरेका हुन् ।

चिशुंखगढी, मानेभञ्ज्याङ, सुनकोसीलगायतका गाउँपालिकाका तल्लो भेगमा मकै छरेदेखि नै पानी परेको छ । निरन्तर पानी परेर मकै सप्रिन थालेपछि किसानहरु खुसी भएका छन् ।

बेलैमा पानी परेकाले मकैबाली हलक्क सप्रिएको चिशंखुगढी गाउँपालिका ६ भदौरेका किसान ढकबहादुर आलेमगरले बताउनुभयो । यसवर्ष मकै उत्पादन बढ्ने पनि उनीहरुले बताएका छन् ।