१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनुषामा मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु


117
Shares

काठमाडौं । धनुषाको मिथिला नगरपालिका–२ नाक्टाझिझमा सोमबार साँझ मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।

ढल्केबरबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ज ११ प २०८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक धनौजी गाउँपालिका–३ का ३५ वर्षीय संजिव पासवानको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले जनाएको छ ।