२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


बामदेव गौतमले नयाँ दल घोषणा गर्दै


546
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ पार्टी घोषणा गर्न लाग्नु भएको छ ।

आज दिउँसो कार्यक्रम आयोजना गरेर राजनीतिक दल घोषणा गर्न लाग्नु भएको हो ।

उहाँको पार्टीको नाम ‘एकता राष्ट्रिय अभियान’ हुने बताइएको छ ।

राष्ट्रिय सभाका सांसद गौतम नेपालका वामपन्थी दलहरुलाई एकै स्थानमा ल्याउने अभियानमा हुनुहुन्छ ।

शनिबार उहाँले अभियानका राष्ट्रिय भेला आयोजना गर्नुभएको थियो । गौतम अध्यक्ष रहेको पार्टीमा ६९ सदस्यीय केन्द्रीय कमिटी रहेको जनाइएको छ ।

गत प्रतिनिधि सभा चुनावमा बर्दियाबाट पराजित हुनु भएका गौतमलाई तत्कालीन नेकपा सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको थियो ।