१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उच्च आयुक्तको कार्यालय अगाडी रोहिंग्या शरणार्थीले गरे विरोध प्रदर्शन


364
Shares

काठमाडौं । काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) अगाडी रोहिंग्या शरणार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।

संयुक्त राष्ट्रसंघले जारी गरेको मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकारको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले विश्वव्यापी घोषणापत्रमा आर्थिक, सामाजिक, सांस्कृतिक र बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने लगायतका माग गरेका छन् ।

म्यानमार, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, सोमालिया, नाइजेरिया लगायतका देशबाट नेपालमा शरणार्थीको रुपमा आएका उनीहरूले यूएनएचसीआरले चासो नदिएको गुनासो गरेका छन् । यूएनएचसीआरले आर्थिक तथा सामाजिक गतिविधिहरूमा चासो नदिँदा मानव अधिकारको हनन भएको उनीहरुको भनाइ छ । प्रदर्शनकारीहरूले सोमबार प्रहरी प्रशासनबाट महिला, बालबालिकाहरू कसैको पर्वाह नगरी लाठी चार्ज गरेर निर्दयको भाव देखाएको बताएका छन् ।

श्रीलंकाबाट नेपालमा आएर शरणार्थीको रुपमा बसोबास गरिरहेका सुरेशकुमार राजेश्वरले सन् २०१५ सम्म सहयोग गरेपनि यूएनएचसीआरले पछिल्लो समय बेवास्ता गरिरहेको बताउनुभयो । उहाँले बालबालिकाहरूलाई निजी विद्यालयमा पढ्नबाट वञ्चित गरेको र बस्न पनि समस्या रहेकोले यो समस्य समाधान गर्न आफू प्रदर्शनमा आउनुपरेको बताउनुभयो ।

रोहिंग्या शरणार्थीहरूले बालबालिकाहरूको अधिकार हनन गरिरहेको भन्दै सोमबारबाट विरोध प्रदर्शन गरिरहेको छ । मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकारलाई यूएनएचसीआरले नियमत पालना नगर्दा आफ्ना बालबालिकाको अधिकार हनन् भएको उनीहरुले गुनासो गरेका छन् ।