२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णय अपरिपक्व : माओवादी नेता शर्मा


169
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य दिनानाथ शर्माले नेकपा (एकीकृत समाजवादी) को मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्व भएको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै केन्द्रीयसदस्य शर्माले यस्तो बताउनुभएको हो । उहाँले ४/५ महिनामा कुनै पनि मन्त्रीले कामको परिणाम दिन नसक्ने भन्दै एउटा निश्चित अवधि काम गर्न पाउने अधिकार मन्त्रीलाई दिनुपर्ने बताउनुभयो ।

सदस्य शर्माले ३/४ महिनामा पालो पुर्‍याउनका लागि मात्रै मन्त्री नबनाइ देश र जनताको विकासका लागि काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले यस किसिमका पालो पुर्‍याउनका लागि मात्रै मन्त्री बनाउने संस्कृतिलाई दुरुत्साहीत गर्न आवश्यक रहेको बताउनुभयो ।

सदस्य शर्माले समाजवादीले मन्त्री फेर्ने निर्णय जनतालेसमेत स्वीकार नगरेको भए पनि मन्त्री फेर्न पाउने अधिकार पार्टीलाई भएको बताउनुभयो । उहाँले नेकपा (माओवादी केन्द्र)मा भने मन्त्री हेरफेर सम्बन्धी कुनै छलफल नभएको बताउनुभयो ।

केन्द्रीय सदस्य शर्माले आगामी निर्वाचनसम्म अहिलेको गठबन्धन निर्धक्क जाने दाबी गर्दै गठबन्धनलाई व्यवस्थित र सुदृढ गर्न आफूहरू लागिपरेको स्पष्ट पार्नुभयो ।