
काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबामा पहिरो खसेर अवरुद्ध भएको सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
एकतर्फी रूपमा सञ्चालन भएपछि बिहानैदेखि रोकिएका यातायातका साधन गन्तव्यतर्फ लागेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्ध बाबा नजिकै ठुलो पहिरो खसेको छ ।
सँगसँगै सडकमाथिबाट पानीको ठूलो छहरा खस्दा सवारी साधनहरू प्रभावित भएका थिए । प्रहरीले सडक दुईतर्फी रूपमा पनि सञ्चालनमा ल्याउने प्रयास गरेको जनाएको छ ।
सिद्धबाबा वर्षा हुनासाथ लगातार पहिरो जाने गर्छ । जसले गर्दा बुटवलबाट पाल्पा, गुल्मी जाने र आउने सवारी चालकहरूलाई सास्ती हुने गर्छ ।
प्रतिक्रिया दिनुहोस्