
काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा’को इन्डक्ल्याप गरिएको छ ।
मंगलबार राजधानीको नेपाल कला परिषदमा सिनेमाको अन्तिम दृश्यको छायांकन गर्दै सिनेमाको सम्पूर्ण छायांकन सकिएको हो ।
निर्देशक खनालका अनुसार क्यामेरा अन भएको ३३ औं दिनमा सिनेमाको छायांकन सकिएको बताए ।
आफ्नो सोच अनुसार नै सिनेमा निर्माण भएको सुनाउँदै रिजल्ट राम्रो निस्किनेमा विस्वस्त रहेको उनको भनाइ छ । सम्पूर्ण छायांकन काठमाडौं उपत्यकामा नै गरिएको फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् ।
सिंगे लामाको कथा रहेको सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । सिनेमाले काठमाडौंमा बस्ने घरवाला र डेरावालाको कथालाई समेटेको निर्देशक खनालले बताए ।
कार्यक्रममा अभिनेता दयाहाङ राईले आफ्नो डेरामा बसाइको अनुभव साटेका थिए । यही वर्ष रिलिज तयारी रहेको सिनेमामा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय रहनेछ ।
प्रतिक्रिया दिनुहोस्