१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शाहरुख खानको फिल्म ‘डन ३’ मा चर्चित पोर्न स्टारको इन्ट्री


16.653k
Shares

एजेन्सी । भारतीय सुपस्टार शाहरुख खानद्वारा अभिनित फिल्म ‘डन ३’ मा चर्चित एडल्ट (पोर्न) स्टार पनि देखिने भएकी छिन् ।

केही दिन अघिमात्रै फिल्म ‘डन ३’ बन्ने कुरा बाहिरिएको थियो । फिल्ममा अभिनेता अमिताभ बच्चन पनि हुन सक्ने धेरैले अनुमान गरेका छन् । शाहरुख खान र अमिताभ बच्चन एकैसाथ एउटै फिल्ममा हेर्न प्रसंशकहरू प्रतिक्षामा रहेका छन् । यी दुई अभिनेतासँग यस सुपरहिट फ्रेन्चाइजमा एडल्ट स्टार केन्ड्रा लस्ट पनि काम गर्न तयार भएकी भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

केन्ड्राले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन्, ‘आउनुहोस दर्शकको मागमा डन ३ बनाऔं, म सय फिल्म भित्र छु ।’ उनले उक्त पोष्टलाई फिल्म निर्माता रितेश सिधवानी र फरहान अख्तरलाई समेत ट्याग गरेकी छन् ।

उक्त पोष्टपछि उनलाई सामाजिक सञ्जालमा धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनी पनि शाहरुख खानको फ्यान हो भन्दै सोधिरहेका छन् । फिल्ममा केन्ड्रा भएपछि फिल्म हिट हुने दर्शकहरूले अनुमान गरेका छन् ।

केहीदिन अघि शाहरुखको फिल्म ‘जवान’ को पोष्टर सार्वजनिक गर्दै ट्वीटरमालेखेकी थिइन्, ‘म सधै शाहरुखलाई एक्सन फिल्ममा हेर्न चाहान्थें । निकै राम्रो टिजर छ । यो उत्कृष्ट कृतिको लागि प्रतिक्षा रहने छ ।’ यसबाट स्पष्ट हुन्छ केन्ड्रा शाहरुखको ठूलो फ्यान रहेकी छन् ।