१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘समन्वय, सहअस्तित्व र सहकारितालाई आत्मसाथ नगर्दा संघीयता कार्यान्वयनमा समस्या’


0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता खिमलाल देवकोटाले संघीयताको मर्म समन्वय, सहअस्तित्व र सहकारितालाई आत्मसाथ नगरिएको कारण कार्यान्वयनमा समस्या भएको बताउनुभएको छ ।

मंगलबार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै नेता देवकोटाले संघीयता कार्यान्वयनका लागि संविधानले व्यवस्था गरेका संरचनाहरू क्रियाशिल हुन नसक्नु पनि समस्याको रूपमा रहेको उल्लेख गर्नुभयो ।

‘संघीयता मात्रै राज्यको पुनःसंरचना थिएन, कर्मचारी, न्यायपालिका, राजनीतिक पार्टीको र राज्यका सबै अंगको पुनःसंरचना खोज्थ्यो,’ उहाँले भन्नुभयो, ‘त्यो संरचना हुन सकेन, संविधानले परिकल्पना गरेको समन्वय, सहअस्तित्व र सहकारितामा आधारित संघीयता त्यसको मर्मको आत्मसाथित्वकरणको समस्या भयो ।’

देवकोटाले संघीयतालाई बलियो बनाउन प्रशासनिक, न्यायपालिका, राजनीतिक पार्टी र राज्यका सबै अंगको पुनःसंरचना गर्नु आवश्यक रहेको बताउनुभयो ।