
एजेन्सी । भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई ठग सुकेश चन्द्रशेखरसँग (मुद्रा अपचलन) मनि लान्ड्रिङ प्रकरणमा भारतीय प्रवर्तन निर्देशनालय (ईडी)ले ८ घण्टासम्म सोधपुछ गरेको छ ।
ज्याकलिनलाई सोमबार एक पटक फेरी ईडीले सोधपुछका लागि बोलाएको थियो । ईडीले ज्याकलिनसँग ८ घण्टासम्म सोघपुछ गरेको थियो । इडीले अप्रिलमा प्रिभेन्सन अफ मनी लान्ड्रिङ एक्ट (पीएमएलए) अन्तर्गत ज्याकलिनको ७ करोड २७ लाख भारतीय रुपैयाँ फिक्स डिपोजिट कोषलाई अस्थायी रुपमा संलग्न गरेको थियो । ज्याकलिनको १५ लाख नगद बाहेक ७ करोड १२ लाख फिक्स डिपोजिट जफत गर्नको लागि अस्थायी आदेश जारी गरेको थियो । अनुसन्धान एजे्न्सीले यी रकमहरूलाई अपराधको आय भनेर बताएको थियो ।
ज्याकलिनले यस मामिलामा ईडीको अगाडि फेरी सोमबार बयान दिएकी हुन् । यस अघि पनि ज्याकलिनले सोही घटनामा कयौं पटक बयान दिई सकेकी थिइन् । अपराध एजेन्सीले मुद्दामा आय (आम्दामी) को बाँकी रकमको ट्रेस पूरा गर्न उनलाई बयानका लागि बोलाएको हो ।
महाठग सुकेश चन्द्रशेखरसँग ज्याकलिनको व्यक्तिगत तस्वीर र महंगा – महंगा उपहार लिएको खुलसाले सबैलाई चकित बनाएको थियो । गत बर्ष अगस्ट र अक्टोबरमा ज्याकलिनले दिएको बयानमा सुकेशले उनलाई महँगो झोला, जुत्ता, लुगा, हिराको गहना र धेरै बहुमूल्य पत्थरहरू दिएको बताएकी थिइन् । ज्याकलिनलाई सुकेशले एउटा मिनी कुपर कार पनि उपहारमा दिएका थिए , जुन उनले फिर्ता गरिन् ।
ठग सुकेशले ज्याकलिनलाई महँगो उपहार मात्रै नभएर उनलाई लोभ्याउन ५ सय करोडको मेगा बजेटको फिल्मको समेत प्रलोभन दिएका थिए । ३६ वर्षीया ज्याकलिन श्रीलंकाकी नागरिक हुन् । उनले सन् २००९ मा बलीउडमा डेब्यू गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्