१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भारतीय ट्रकको ओभरलोड र निर्वाध आगमनले ट्रक व्यवसायी मर्कामा

सरकारलाई बुझाए २१ बुँदे सुझाव पत्र

117
Shares

ललितपुर । नेपाल ट्रक यातायात व्यवसायी महासंघले भारतीय ट्रकको ओभरलोड र निर्वाध आगमनले आफूहरू समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

सार्वजनिक यातायातले रोजगार र नेपालको अर्थिक विकासमा पारेको प्रभावका विषयमा अध्ययन गर्न यातायात व्यवस्था विभागले बनाएको अध्ययन दलका प्रतिनिधिसँगको छलफलमा महासंघले भारतीय ट्रकको आफूहरूको व्यवसायमा पारेको समस्याको बारेमा जानकारी गराएका थिए ।

ललितपुरको धोबिघाटस्थित महासंघको सभाहलमा मंगलबार भएको छलफलमा महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले ऐन, कानून तर्जुमा गर्दा नियन्त्रण गर्नेतर्फ नभई विकास र प्रवर्द्धनमा ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा महासंघले पार्किङ, भारतीय ट्रकको ओभरलोड लगायतका २१ बुँदे सुझाव पत्र अध्ययन दलका प्रतिनिधिलाई बुझाएको महासचिव राजेन्द्र विक्रम बानियाँले जानकारी दिनुभयो ।

ट्रक व्यवसायीले उठाएका विषयलाई अध्ययन गरेर प्रतिवेदनमा समेटिने प्रमुख अनुसन्धानकर्ता डा. रमेश पौडेलले बताउनुभएको थियो ।