
काठमाडौं । विम्बल्डन टेनिसको महिलातर्फ अमेरिकी खेलाडी सेरेना विलियिम्स पहिलो खेलमै पराजित भएकी छिन् ।
सेरेना फ्रान्सकी हार्मनी टेनसँग ७–५, १–६ र ७–६ ले पराजित भएकी हुन् ।
महिला एकलकै अर्को खेलमा विश्व नम्बर एक इगा सिवाटेक पनि दोस्रो चरणमा उक्लेकी छिन् । फ्रेन्च ओपन च्याम्पियन सिवाटेकले क्रोएसियाकी जना फेटलाई ६–० र ६–३ को सोझो सेटमा हराईन् ।
जितसँगै पोल्याण्डकी खेलाडी सिवाटेकले आफ्नो अपराजित यात्रालाई ३६ औं खेलसम्म लम्ब्याएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्