
काठमाडौं । कर्णाली प्रदेश सरकारले आज बुधबार सार्वजनिक बिदा दिएको छ । असार १५ गते धान दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक विज्ञप्ति जारी गरी असार १५ गते सार्वजनिक बिदा दिइएको जनाएको छ ।
प्रदेश सरकारको गत चैत २९ गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बिदा दिइएको कानून मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्